FAQs Complain Problems

गण्डकी प्रदेशस्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा गोरखा नगरपालिका प्रथम

गोरखाको पालुङटारमा सम्पन्न गण्डकी प्रदेशस्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिता २०७५ को उपाधि गोरखा नगरपालिकाले जितेको छ | पालुङटारको हवाई मैदानमा भएको फाइनल खेलमा गोरखा नगरपालिकाले गैंडाकोट नगरपालिकालाई २-० को गोल अन्तरले हराउंदै उपाधि जितेको हो | खेलको दोश्रो हाफमा विकास गुरुङ र जमिर मास्केले गरेको गोलले गोरखा नगरपालिका विजेता बन्न सफल भएको हो | गोरखा नगरपालिकाले पुरस्कार स्वरुप २ लाख ३४ हजार ५ सय ६७ रूपैया जितेको छ | प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गोरखा नगरपालिकाका विवेक  गुरुङ भए | उनले नगद १२ हजार रुपैयाँ र गोल्डेन बुट प्राप्त गरे | साथै गोरखा नगरपालिकाका जमिर मास्के सर्वाधिक गोलकर्ता बने | उनले प्रतियोगितामा ५ गोल गर्न सफल भइ नगद रु. १० हजार रुपैयाँ पुरस्कार पाए र सिलन थापा  सर्वोत्कृष्ट गोलरक्षक बन्दै १० हजार नगद पुरस्कार पाउन सफल भए भने सर्वोत्कृष्ट फरवार्ड विकास गुरुङले पनि रु. १० हजार नगर पुरस्कार पाउन सफल भए |