FAQs Complain Problems

प्रथम मेयर कप २०७५ उद्घाटन

गोरखा नगरपालिका १० को छेपेटार खेल मैदानमा मंगलबारबाट प्रथम गोरखा मेयर कप २०७५ शुरु भएको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले उद्घाटन गर्नुभयो | खेल मार्फत संवृद्ध समाज निर्माणमा योगदान पुर्याउन उनले युवालाई आग्रह गर्नुभएको छ | ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नाराका साथ भएको प्रतियोगिताको ब्यबस्थापन एन्फा र सुर्योदय युवा क्लब छेबेटारले गरेका छन् । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेल, नेपाल कम्युनिष्ट पार्टी गोरखाका परशुराम रम्तेल, नेपाली कांग्रेसका नगर सभापती चन्दन खत्री, नयाँ शक्ति पार्टीका जिल्ला संयोजक ज्ञानेन्द्र कुमाल, नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । प्रतियोगिता फागुन २५ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं ११ विजयी भएको छ । वडा नं ११ ले वडा नं ७ लाई २ –१ गोल अन्तरले पराजित गरेको हो । मंगलबार नै हुुने भनिएको वडा नं २ र १४ बिचको खेल मौसम प्रतिकुल भएका कारण हुन सकेन । सो खेल बुधबार हुने भएको छ । प्रतियोगितामा नगरका १४ वटै वडाको सहभागीता छ । प्रतियोगितामा पहिलो हुनेले नगद ५५ हजार पाचँ सय ५५ र दोस्रो हुनेले नगद ३३ हजार तिनसय ३३ सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यस्तै, सेमिफाईनल पुग्ने दुई समुहले नगद १२ हजार तिन सय ४५ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।