FAQs Complain Problems

प्रथम मेयर कप २०७५ सफलताका साथ सम्पन्न

गोरखा नगरपालिकाले प्रथम गोरखा मेयर कप २०७५ सफलताका साथ सम्पन्न गरेको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो | फाल्गुन २१ देखि २५ सम्म आयोजित उक्त कार्यक्रमको समापान फाल्गुन २५ गते दिनको ३:०० बजेको अन्तिम (फाईनल) खेल समापन भए पश्चात केहि मनोरन्जनात्मक गीत प्रस्तुतका साथ पुरस्कार वितरण गरी समापान भयो | उक्त समापनको  प्रमुख अतिथि रास्ट्रिय सभाका विपक्षी दलका नेता माननीय सुरेन्द्र राज पाण्डे हुनुहुन्थ्यो | साथै अतिथिमा गण्डकी प्रदेशका माननीय सांसद प्रकाशचन्द्र दवाडी, माननीय मनकुमारी गुरुङ र माननीय हरिशरण आचार्य रहनु भएको थियो | साथै अन्य उपस्थितिमा गोरखा नगरपालिकाका उप-प्रमुख विना कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमारी श्रेष्ठ लगायत अन्य कर्मचारी रहनु भएको थियो | गोरखा नगरपालिका वडा नं. ६ र गोरखा नगरपालिका वडा नं. १३ बीच प्रतिस्पर्धा भएको उक्त फाईनल खेलमा वडा नं. ६ ले वडा नं. १३ लाई ३ को बिरुद्ध १ गोलले हराई प्रथम गोरखा मेयर कप च्याम्पियन बनेको थियो |  खेल पश्चात सहभागी वडाहरु र खेल संचालन गर्न मद्दत पुर्याउनु भएको सम्पूर्ण अफिसियल तथा रेफ्रीलाई मायाको चिनो प्रदान गर्दै प्रमुख अतिथि ज्यूले प्रथम र द्वितीय हुनुभएको खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गर्नु भएको थियो | फाल्गुन २१ देखि २५ सम्म संचालित उक्त खेलमा वडा नं. ६ का सिलन थापा बेस्ट कीपर, वडा नं. ६ का विशाल गुरुङ बेस्ट डीफेनडर, वडा नं. ६ का जमिर मास्के बेस्ट स्त्राइकर, वडा नं. १३ का लक्ष्मण परियार हाइ स्कोरर र वडा नं. १३ का विवेक गुरुङ बेस्ट प्लेयर हुनु भएको थियो |