FAQs Complain Problems

लिगलिगकोट-सिरानचोककोट-गोरखा दरबार म्याराथुन दौड २०७६ समापन

गोरखा नगरपालिका, पालुंगटार नगरपालिका, सिरान्चोक गाउँपालिका तथा रणदल सिंहको आयोजनामा म्याराथुन दौड आयोजना गरिएको छ| राजा द्रव्य शाहले राज्याभिषेक गरेको वि.सं. १६१६ साल भदौ २५ गतेको सम्झनामा तथा गोरखाको ऐतिहासिक र धार्मिक पर्यटकीय थलो विश्व सामु चिनाउने उद्वेश्यका साथ दौडको आयोजना गरीएको थियो । गोरखा राज्य स्थापना भएको सम्झनामा ‘उत्पतिदेखि जगसम्म’ भन्ने नाराका साथ बुधबार बिहान १ सय १४ जना धावकले लिगलिगकोट–सिरानचोक–गोरखा दरर्बार म्याराथुन दौड २०७६ सम्पन्न गरेका थिए । ऐतिहासिक लिगलिगकोट देखी आँपपिपल–हर्मी–थुम्की–चित्रेपोखरी–छोप्राक–चोरकाटे–छेवेटार–मान्द्रे ढुङ्गा–हिलेपोखरी–पस्लाङ्ग–ठुलो आँगन–सतिपिपल–गैरीकुवा हुदै गोरखा दरर्बार सम्मको ४२ किलो मिटर दौड भएको थियो । नेपाल एकिकरणको उद्गम स्थल मानिने गोरखा जिल्ला नेपालको गौरबमय ईतिहास हो। ईतिहासको महत्व आज पनि उत्तिकै, भविष्यमा समेत उत्तिकै रहने । तसर्थ ईतिहासको सम्वर्धन र प्रबर्धन गर्नु हाम्रो परम कर्तव्य हो । गौरबमय ईतिहासको प्रतिकको रुपमा रहेका विभिन्न गडी, किल्ला, दरवारको संरक्षण सम्वर्धन तथा प्रवर्धन गरी भावी पिढीहरुको लागि ईतिहास जगेर्ना गर्दै हाम्रा पुर्खाहरुले राष्ट्रिय एकिकरणमा देखाएको अदम्य साहस र वीरता तथा नेपाली (गोर्खाली) चरित्रलाई थप प्रकाश पार्न नेपाल सरकारबाट "Visit Nepal 2020" कार्यक्रमलाई थप सहयोग पुग्ने अभिप्रायले पूर्वसन्ध्यामा “लिगलिगकोट−सिरान्चोककोट−गोरखा दरबार खुल्ला म्याराथुन दौड” संचालन गरिएको हो । गौरवशाली ईतिहास र नेपाली संस्कृति तथा परम्परा प्रवर्धनमा सहयोग पुर्याउने लक्ष्य अनुरुप  विभिन्न किल्ला, दरवार तथा एकिकरणको दौरान प्रयोग भएको मार्गहरु पहिचान गरी संरक्षण, सम्वर्धन र विकास गर्ने कार्यहरु गर्दै आईरहेको छ। सोही सन्दर्भमा “नेपालको उत्पत्ति देखि जगसम्म” को अवधारणामा भाद्र २५ गते बुधबारको दिन “लिगलिगकोट−सिरान्चोककोट−गोरखा दरबार खुल्ला म्याराथुन दौड” संचालन गरिएको हो।

दौडको नतिजा:

पहिलो: भिम ब. गुरुङ
दोश्रो: दुर्गाराज बुडा
तेस्रो: सबिन तामाङ
चौथो: सुरेन्द्र चापागाईं
पाँचौ: याङदेव राई
छैटौ: खेम ब. खत्री
सातौं: जुनेश खड्का
आठौँ: रामजी बस्नेत
नवौं:दोर्जे तामाङ
दसौं: कृष्ण सुन्दर टुइटुइ