FAQs Complain Problems

निजि आवास पुनर्निर्माण सम्बन्धमा नगरपालिका स्तरिय अन्तरक्रिया कार्यक्रम

गोरखा नगरपालिकाले निजि आवास पुनर्निर्माण सम्बन्धमा नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ | १ दिने उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्युले गर्नु भएको थियो भने उपस्थितिमा नगर उप - प्रमुख श्री विना कुमारी श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत श्री प्रदिप राज अधिकारी रहनु भएको   थियो | नगर भित्रको पुनर्निर्माणको अवस्थाको बारेमा जानकारीको लागि उक्त  कार्यक्रम आयोजना गरिएको थियो | स्वारा सदनको सहकार्यमा संचालन  हुदै आएको पुनर्निर्माणको तथ्याँकिय विषयबस्तु पेस भएको थियो | उक्त कार्यक्रम   को सहजीकरण ODRC, UNDP, SSICDC, SDSC ले गरेको थियो |