FAQs Complain Problems

सामुदायिक मेलमिलाप विषयक प्रशिक्षण कार्यक्रम उद्घाटन

गोरखा नगरपालिकाले ८ दिने सामुदायिक मेलमिलाप प्रशिक्षण कार्यक्रम उद्घाटन गरेको छ | गोरखा नगरपालिकाको उप-प्रमुख श्री विना कुमारी श्रेष्ठको अध्यक्षतामा उद्घाटन भएको उक्त कार्यक्रममा श्रीमान जिल्ला न्यायाधिश श्री वसन्त राज पौडेल, गोरखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमारी श्रेष्ठ, गोरखा नगरपालिकाका वडा अध्यक्ष ज्यूहरु र अन्य कर्मचारी तथा पत्रकार सहभागी हुनुभएको थियो |