FAQs Complain Problems

१५ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस गोरखा नगरपालिकामा मनाइयो

१५ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस गोरखा नगरपालिकामा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमारी श्रेष्ठको अध्यक्षतामा मनाइएको छ | उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरका नगर प्रमुख श्री राजन राज पन्त ज्यु र अतिथिको रुपमा नगरकी उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ रहनु भएको थियो | उक्त कार्यक्रममा महिला स्वयंसेविकाहरुलाई सम्मान गरेको छ | स्वास्थ्य क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकाले वहाहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको हो | साथै सोहि अवसरमा स्वास्थ्यचौकी स्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको थियो | प्रतियोगितामा रानिस्वारा स्वास्थ्य चौकी पहिलो, तारानगर स्वास्थ्य चौकी १२ किलो दोश्रो, नारेश्वोर स्वास्थ्य चौकी तेस्रो पस्लांग सहरी स्वास्थ्य केन्द्र सान्त्वना भएको थियो |