FAQs Complain Problems

सार्वजनिक सुनुवाइ सम्पन्न भएको सम्वन्धमा

फिनाममा सार्वजनिक सुनुवाइमा सहभागीहरु

गोरखा नगरपालिकामा वर्षभरि सम्पन्न भएका योजना तथा अन्य गतिविधिको वारेमा जानकारी तथा अन्तर्क्रिया गर्नको लागि वडा नंं १२,१३ स्थित वडा कार्यालय फिनाममा मिती २०७१-३-३० मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। गोरखा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रा थापा मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त सार्वजनिक सुनुवाइमा नगर सम्यन्त्रका सदस्यहरु, गोरखा नगरपालिकाका कर्मचारीहरु , स्थानिय वडा सम्यन्त्र तथा विभिन्न वुद्दिजिवि, शिक्षकहरुको संलग्नता रहेको थियो।